यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय (पूर्णपाठ)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ९ जना सदस्य नियुक्त गरेको छ ।

असोज २२ गतेको मन्त्रिपरिषद्को बैठकले सदस्यमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्र विक्रम लाखे, राजेश कुमार गुरुङ, सुमित्रा चौधरी, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्र बदना राई, मोहम्मद शेखलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै अर्थ मन्त्रालयका राजश्व तर्फका सचिव रामशरण पुडासैनीलाई निक्षेप तथा कर्जा सुरक्षण कोणको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरिएको छ ।

यस्तै लुम्बिनी विकास कोषको सदस्यसचिवमा काठमाण्डुका सानुराज शाक्यलाई नियुक्त गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । साथै नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा काठमाण्डुका डिम प्रसाद पौडेललाई नियुक्त गरिएको छ ।