काठमाण्डु – सरकारले तयारी मदिराको पैठारीमा लगाएको प्रतिबन्ध हटाएको छ ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । त्यस्तै सरकारले ५० हजार डलर बढी मूल्यको सवारीसाधन आयात खुला गर्ने निर्णय गरेको छ ।
सरकारले विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्तसंस्था र विदेशी कर्मचारीले निजी प्रयोगका लागि गर्ने गरी महंगो मूल्यका सवारी आयात गर्न दिने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीलाई देखाउँदै सरकारले महँगा सवारी आयातमा प्रतिबन्ध लगाएको थियो ।




प्रतिक्रिया