काठमाण्डु – सानिमा बैंकले दशैंंमा आफ्ना ग्राहकहरुका लागि विभिन्न छुटका योजना अन्र्तगत‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ ।
अनलाइन सपिङ्गपोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ % छुट वा अधिकतम २,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘First come first serve’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि कात्र्तिक १ गतेसम्म पाँचदिनका लागि लागू हुनेछ ।




प्रतिक्रिया