ह्वावेद्वारा ‘बैंकिगं इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’ शिर्षकको वाइट पेपर जारी

ह्वावेद्वारा ‘बैंकिगं इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’ शिर्षकको वाइट पेपर जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ह्वावेले ‘बैंकिगं इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’शिर्षकको वाइट् पेपर जारी गरेको छ ।

ह्वावे कनेक्ट २०२०मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन(आइडिसी), मार्केट इन्टेलिजेन्स, परामर्श सेवा र सूचना प्रविधि, दूरसञ्चार र उपभोक्ता प्रविधि बजारका कार्यक्रमहरुको ग्लोबल प्रदायकले ह्वावेको साथमा ‘बैंकिगं इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’शिर्षकको वाइट् पेपर जारी गरेको हो ।

आइडिसी र ह्वावेले बैंकिगं इन्डस्ट्रिमा कोभिड–१९ को प्रभावबारे सर्भे गरेको छ । बैंकले उनीहरूको भविष्यगत सफलता सुनिश्चित गर्नका लागि लिनु पर्ने कदमहरूको रूपरेखा प्रस्तुत गरेको ह्वावेले जनाएको छ ।

यस प्रतिवेदनको अशंको रूपमा आइडिसी र ह्वावेले “बैंकिगं रिसिलियेन्स सूचक”को विकास गरेको छ । जसले बैंकिगंको वर्तमान स्थितिलाईक्षेत्रको हिसाबले छ वटा प्रमुख उपायका आधारमा मापन गर्ने बताइएको छ ।

ह्वावे कनेक्ट २०२० मा ह्वावे र यसका पार्टनरहरूले वित्तीय क्लाउड, स्मार्ट शाखा, डिजिटल ‘कोर’ र इन्टेलिजेन्ट डाटा प्लेटफार्महरू सहित एफएसआई सलुसनको विस्तृत प्रकार देखाउन सुरु गरेको कम्पनीले जनाएको छ ।

ह्वावेले यस्ता समाधानले बैंकहरूलाई लागत घटाउन, छिटो परिवर्तन हुने एफएसआई वातावरणलाई छरितो गर्न, ग्राहकहरूलाई आकर्षित गरेर राख्न र उदीयमान प्रतिस्पर्र्धीहरूबिरूद्ध उभिने मौका दिने विश्वास व्यक्त गरेकोा छ ।