काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना रहेका छन् ।
आइतबार काठमाण्डु उपत्यकामा १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना रहेका थिए ।
योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ४४ हजार ३ सय ६८पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया