काठमाण्डु – काठमाण्डु उपत्यकाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितलाई उच्च निगरानी गर्न थालेका छन् । नगरपालिकाभित्र दैनिक कोरोना सङ्क्रमित बढेपछि नगरपालिका आफैले सङ्क्रमितको उच्च निगरानी गर्न थालेका हुन् ।
कतिपय नगरपालिकाले सङ्क्रमितलाई निःशुल्क आहार वितरण गर्नेदेखि नियमित टेलिफोन गर्ने, सङ्क्रमितको उपचारको व्यवस्था गर्ने लगायतका काम गर्दै आएका छन् । आफू र परिवारका सबै सदस्यलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने, होम आइसोलेसनमा बस्न सम्भव भएका सबैलाई होम आइसोलेसनमा राख्ने र सम्भव नभएकालाई संस्थागत आइसोलनमा राख्ने काम उपत्यकाका नगरपालिकाले गर्दै आएका छन् । सङ्क्रमितलाई नियमित सान्त्वना र हौसला बढाउने काम उपत्यका नगरपालिकाले गर्दै आएको सम्बद्ध नगरपालिकाले
जनाएका छन् ।
नागार्जुन नगरले कोरोना सङ्क्रमितलाई नियमित टेलिफोन सम्पर्क गरी हौसला बढाउने काम गर्दै आएको छ । नगरका स्वास्थ्य शाखाका कर्मचारीले स्वस्थ आहार खान सल्लाह दिने, स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने, सङ्क्रमितलाई स्वास्थ्यमा समस्या भए अस्पतालसम्म लैजाने व्यवस्था गरिएको नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
“सङ्क्रमितको नियमित सम्पर्कमा छौंँ, गाह्रोसारो प¥यो भने सङ्क्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था गरेका छौंँ,” उहाँले भन्नुभयो, “जनप्रतिनिधि र स्वास्थ्यकर्मीबाट कोरोनाका सङ्क्रमितलाई हौसला प्रदान गर्दै आएका छौँ ।”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया