काठमाण्डु – सरकारले कोरोनाको ‘एन्टिजेन’ परीक्षण शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक हजारमा परीक्षण हुने जानकारी दिए ।
प्रवक्ता डा.गौतमले कोरोना भाइरस ‘एन्टिजेन’ परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने जानकारी दिए ।
उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने बताए ।
एन्टिजेन विधिबाट परीक्षण गर्दा भाइरस समात्ने सम्भावना निकै कम हुने बताइएको छ ।




प्रतिक्रिया