काठमाण्डु – नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” ल्याएको छ ।
ग्राहकहरूले यस अफरमा ३ लाख सम्म छुटप्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाख सम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी कम्पनीले कोरोना भाइरस संक्रमित (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइने बताइएको छ ।
साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो फाइनान्स, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत लागत, २५,००० बराबरको निःशुल्क , निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) को अफर ल्याएको छ ।
यस स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर२०७७ साल असोज२८ गते देखि कार्तिक२६ गते सम्ममात्र हुनेछ ।




प्रतिक्रिया