कानूनविपरितका क्रियाकलापमा थप निगरानी बढाइन्छ : इन्स्पेक्टर तुम्बाहाङ्फे

कानूनविपरितका क्रियाकलापमा थप निगरानी बढाइन्छ : इन्स्पेक्टर तुम्बाहाङ्फे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजता तुम्बाहाङ्फेले समाजमा शान्ति सुरक्षा कायम गराउनु नै आफ्नाे पहिलाे प्राथमिकता रहेकाे बताएकी छन् ।

असोज २१ गतेदेखि ईलाका प्रहरी कार्यालय, फर्पिङको प्रमुखकाे जिम्मेवारी सम्हालेकी इन्स्पेक्टर तुम्बाहाङ्फेले चाडबाड नजिकिएकाे सन्दर्भमा काठमाण्डु  उपत्यका प्रवेश गर्ने फर्पिङ नाकाबाट हुनसक्ने कानूनविपरितका क्रियाकलापमा थप निगरानी अघि बढाइने बताएकी हुन् ।

नवगठित लियाे क्लब अफ काठमाण्डु पद्मसम्भव दक्षिणकाली र इन्स्पेक्टर तुम्बाहाङ्फेबीच भएकाे भेटमा उनले प्रहरीले युवाहरूकाे साथ र समन्वयमा समाजमा अझ प्रभावकारी काम गर्न सक्ने विश्वास समेत व्यक्त गरिन् । उनले आवश्यकताका आधारमा ईलाका प्रहरी कार्यालयले क्लबसँग मिलेर काम गर्ने प्रतिवद्ता जनाइन् ।

 मंगलबार लियाे क्लब र लायन्स दक्षिणकालीका पदाधिकारीले प्रहरी कार्यालयमा पुगी इन्स्पेक्टर तुम्बाहाङ्फेलाई सफल कार्यकालकाे लागि शुभकामना व्यक्त गरेका छन् ।