अवैध लागूऔषध गाँजा सहित पक्राउ

अवैध लागूऔषध गाँजा सहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहट, कटहरिया नगरपालिका–५ पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजा सहित कटहरिया नगरपालिका–१ भसेढबाखोर टोल बस्ने २२ वर्षीय संजय दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक बस्ने २० वर्षीय प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।