काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद सानु सिवा पहाडीको निधन भएको छ । मिर्गौला र मुटु रोगबाट पीडित रहेकी पहाडीको उपचारका क्रममा निधन भएको हो ।
ताप्लेजुङमा जन्मिएकी उनले बुधबार बिहान निधन भएको हो । उनले तत्कालीन एमाले छँदा पहाडी एकल गीति यात्रा गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधनमा दुःख व्यक्त गरेका छन् ।
ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिनिधि सभा सदस्य संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको जनाएका हुन् ।




प्रतिक्रिया