प्रचण्डको सचिवालयले भन्यो, ‘अध्यक्ष प्रचण्ड चितवनबाटै चुनाव लड्नुहुन्छ’

प्रचण्डको सचिवालयले भन्यो, ‘अध्यक्ष प्रचण्ड चितवनबाटै चुनाव लड्नुहुन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाटै चुनाव लड्ने भएका छन्।

 

‘प्रचण्डले चितवन–३ छोडेको र अब बर्दियाबाट चुनाव लड्ने’ भनेर विभिन्न डिजिटल मिडियामा समाचार सार्वजनिक भइरहेका बेला प्रचण्डको सचिवालयले उक्त समाचारको खण्डन गर्दै ‘सुनियोजित प्रचार’ भनेको छ।

 

प्रचण्डको सचिवालयले भन्यो, ‘अध्यक्ष प्रचण्डका बारेमा दुष्प्रचार फिजाइएको छ। चितवनबाट उम्मेदवारी दिने निर्णयमा कुनै परिवर्तन भएको छैन।’

 

 

प्रचण्डले यसअघि स्थानीय चुनावताका नै आफू प्रतिनिधिसभामा चितवनबाट चुनाव लड्ने बताएका थिए। पछिल्लो समय एमाले–माओवादीबीचको गठबन्धन बनेपछि उनी साझा उम्मेदवार बन्ने तयारी छ।

 

 

माओवादी केन्द्रले चितवन जिल्लाको क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस गरेको छ।

 

तर, सो क्षेत्रमा कां्रगेस र राप्रपाले तालमेल गरेपछि प्रचण्ड बर्दिया रोज्न थालेको समाचार सार्वजनिक भइरहँदा प्रचण्डको सचिवालयले अभिव्यक्ति आएको होे।