कोरोना संक्रमणबाट पाँच महिने शिशुको मृत्यु

कोरोना संक्रमणबाट पाँच महिने शिशुको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित शिशुको मृत्यु भएको छ ।  मोरङ शुसुन्दरहरैचाकी ५ महिने शिशुको मृत्यु भएको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान का सह-प्रवक्ता डा. आशिष श्रेष्ठले बताए ।

शिशुमा पहिलादेखि नै मस्तिष्कसम्बन्धी रोग थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार बिहान अस्पताल भर्ना गरिएको थियो। भर्ना गरेपछि उनको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डा. श्रेष्ठले बताए। शिशुको शुक्रबार बेलुका ७ः ५० मा मृत्यु भएको थियो ।