काठमाण्डु – गोरखा र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र काभ्रेका सिडिओ शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
रूघाखोकीलगायत लक्षण देखिएपछि कात्तिक १४ गते स्वाब दिएका उनको रिपोर्ट आज पोजेटिभ आएको हो । सिडिओसहित श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफूहरूसँग सम्पर्कमा रहेकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
यता काभ्रेका सिडिओ पोखरेलमा पनि टाउको दुख्नेलगायतका समस्या देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । उनी होम आइसोलेसनमा बसिरहेका छन् ।




प्रतिक्रिया