काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेका चार जना नेतालाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार दिउँसो पार्टीभित्र देखा परेको विवादबारे छलफल गर्न नेपाल कम्युनष्टि पार्टी (नेकपा)का चार जना नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।
उनले वरिष्ठ नेता माधवकुमार नेपालसहित स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद बढेपछि नेपाल पक्षका नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद समाधानका लागि चार जना नेताहरुसँग छलफल गर्ने स्रोतले जानकारी दियो । नेकपाका बहुमत सचिवालय सदस्यहरुले शनिबार प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका थिए ।




प्रतिक्रिया