अबको चीन हाँक्ने यी सात नेता, पाँच नयाँ अनुहार

अबको चीन हाँक्ने यी सात नेता, पाँच नयाँ अनुहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन सम्पन्न भएको एक दिनपछि बुधबार पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले नेतृत्वपंक्तिको नाम घोषणा गरेका छन्।

 

 

 

पार्टीको पोलिटब्युरो स्थायी समितिमा सी र प्रधानमन्त्री ली खछ्याङका अतिरिक्त पाँच नयाँ अनुहार निर्वाचित भएका छन्। ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ पार्टीको नीति निर्माण गर्ने निकायको रुपमा रहेको स्थायी कमिटीमा समेटिएका छन्।

 

 

 

उनीहरुलाई सीले बेइजिङस्थित ग्रेट हल अफ चाइनामा पत्रकारहरुमाझ प्रस्तुत गरे। उक्त नेतृत्वले अब चीनलाई पाँच वर्षसम्म हाक्नेछ। नेतृत्वपंक्तिमा सामेल गरिएका सबै नेताहरु ६० वर्षभन्दा माथिका छन्।

 

 

 

सन् २०१२ मा राष्ट्रपति बनेका सि पार्टीको महाधिवेशनबाट अनुमोदित भएसँगै अर्को कार्यकालमा प्रवेश गरेका छन्। यसअघि मंगलवार सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सिलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको थियो।

 

 

 

पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारधारालाई नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचारधारा भन्ने नारा समाविष्ट गरेको छ।

 

 

 

चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ।एक हप्ता लामो महाधिवेशनबाट दुई हजारभन्दा बढी प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगहरुका प्रमुख चयन गरेका थिए।