आइजीपी अर्यालविरुद्धको मुद्दा किन पेशीमा चढेन?

आइजीपी अर्यालविरुद्धको मुद्दा किन पेशीमा चढेन?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–आइजीपी प्रकाश अर्यालविरुद्ध सर्वाेच्च अदालतमा दायर अवहेलना मुद्दा बुधबार पेशीमा नचढी स्थगित भएको छ।

 

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वाेच्चले आदेश दिएपनि गिरफ्तारी नगरिएको भन्दै मंगलबार दायर मुद्दाको पेशी बुधबारका लागि तोकिएपनि पेशी नचढी स्थगित भएको हो।

 

 

सर्वाेच्चले उक्त पेशीको मुद्दा शुक्रबारका लागि तोकेको छ।

 

वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले आइजीपी अर्यालविरुद्ध सर्वाेच्चमा अवहेलना मुद्दा दायर गरेका थिए।

 

२०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई सर्वोच्चले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो।