प्रचण्डलाई ओलीको जवाफः गुटबन्दी तपाईले चलाउनुभयो

प्रचण्डलाई ओलीको जवाफः गुटबन्दी तपाईले चलाउनुभयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गुटबन्दी चलाएको आरोप लगाएका छन् ।

सचिवालय बैठक अगावै अध्यक्ष प्रचण्डलाई पाँच पन्ने लिखित पत्र पठाउँदै प्रधानमन्त्री ओलीले पार्टीको काममा ध्यान नदिएको, गुटबन्दी चलाएको आरोप लगाएका छन् ।

गत शनिबार अध्यक्ष प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यहरुले बैठक बोलाउन माग गर्दै दुई पन्ने पत्र पठाएका थिए । सोही पत्रको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगरेको, पार्टी फुटाउन गुटको भेला राखेको उल्लेख गरेका छन् । सचिवालयको बैठक दिउँसो चार बजेका लागि बोलाइएको छ ।

‘प्रधानमन्त्रीजीले एकलौटी आरोप लगाउनुभएको पत्र हामीले पाएका छौं’, स्रोतले भन्यो, ‘पाँच पन्नको उक्त पत्रको मूल सार प्रचण्ड कमरेडले गुटबन्दी चलाएको आरोप लगाइएको छ ।’

आजको बैठकबारे धारणा तय गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुसँग बिहीबार नै छलफल गरिसकेका छन् । उनले आजको बैठकबारे रणनीति तय गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।