ह्वावेका रायन डिंगः फाइभ जीको सुनौलो दशकका लागि वायरलेस नेटवर्कको भ्यालु बढाउँदै

ह्वावेका रायन डिंगः फाइभ जीको सुनौलो दशकका लागि वायरलेस नेटवर्कको भ्यालु बढाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शांघाई – ह्वावेले फाइभ जीको सुनौलो दशकको लागि वायरलेस नेटवर्कको भ्यालु बढाउने भएको छ ।

शांघाई २०२० को ग्लोबल मोबाइल ब्रोड ब्यान्ड फोरममा ह्वावेका कार्यकारी निर्देशक र क्यारियर व्यवसाय समूहका अध्यक्ष रायन डिंगले आफ्नो किनोट स्पिच फाइभ जीको सुनौलो दशकको लागि वायरलेस नेटवर्कको भ्यालु बढाउने भएको हो ।

अध्यक्ष रायन डिंगले भने, ‘आउँदो दशक विश्वको फाइभ जीको प्रगतिको लागि सुनौलो युग हुनेछ र सम्पूर्ण उद्योगलाई फाइभ जीमा विश्वास हुनुपर्दछ, उत्तम फाइभ जी नेटवर्क निर्माण गर्नुपर्दछ र त्यसबाट सेएर्ड भ्यालुुको लागि अधिकतम प्रतिफल बनाउनु पर्दछ ।’

हालविश्वमा एक हजार भन्दा बढी व्यावसायिक फाइभ जी नेटवर्कहरू छन् र बजेट फाइभ जी मोबाइल फोनहरू सिएनवाइ १,०००मा झरेको छ ।

यसले विश्वभरि फाइभ जी प्रयोगकर्ताहरूको संख्या बढाइरहेको छ र अग्रणी क्यारियरहरूले डाटा योजनाहरूबाट फाइदा लिइरहेको ह्वावेले जनाएको छ ।

उनीहरू बहु–मेट्रिक सेवाप्याकेजहरू र अपग्रेड गरिएका सेवाहरू जस्तै फाइभ जी मेसेजिङ र उन्नतकलिङको माध्यमबाट फाइभ जी प्रयोगकर्ताहरूको एआरपीयूमा वृद्धि देखिरहेका छन् ।

फाइभ जीलाई थप विकास गर्न र बढि व्यक्तिहरूलाई फाइभ जी अँगाल्न प्रोत्साहित गर्न, क्यारियरहरूले सम्भव भएसम्मउत्तम फाइभ जी नेटवर्कनिर्माण गर्नुपर्छ।उनीहरूले सबै परिदृश्यमा कभरेज प्रदान गर्नुपर्ने कम्पनीले जनाएको छ ।

क्यारियरले प्रयोगकर्ताहरूलाई निरन्तर उत्कृष्ट अनुभव दिनका लागि फाइभ जी कनेक्टिभिटीमा सुधार ल्याउन आवश्यक देखिन्छ ।

उपभोक्ता बजारको साथ–साथै औधोगिक बजार क्यारियरको लागि नयाँ राजस्व प्रवाह बन्ने ह्वावेले उल्लेख गरेको छ ।

दूरसंचार क्षेत्रले नेटवर्क योजना, निर्माण, मर्मत र अपरेशनमा अप्टिमाइजेसन एन्ड टु एन्डसुधार गर्न आवश्यक देखिन्छ । यसले उद्योग अनुप्रयोगहरूको प्रयोगको लागत घटाउन सहयोग पु¥याउने कम्पनीले विश्वास लिएको छ ।

डिंगले औद्योगिक फाइभ जी अनुप्रयोगकोविकास गर्नु केवल भविष्यको जिम्मेवारी नभई एक व्यापक उद्योगिक प्रयास रहेको बताए ।

उनले भने, ‘दूरसञ्चार अन्यउद्योगहरूसँग एकीकृत भएमात्रयस विकासको गतितिव्र हुनसक्छ । भर्खरैकोफ्रोजन रिलीज १६मा, ३जीपीपीले प्रसारण सेवा को लागि सुधार गरिएको मानक र फाइभ जी सुविधाहरू जस्तै स्थान र अल्ट्रा–लो एयर इन्टरफेस लेन्टेसी थपेको छ ।’

आगामीरिलिज, रिलिज १७ सहित थप उद्योग आवश्यकताहरू सम्बोधन गरिने कम्पनीले जनाएको छ ।

डिंगले आउँदो दशक फाइभ जीका लागि सुनौलो रहने बताएका छन् ।
‘उपभोक्ताहरूका लागि उत्तम नेटवर्क निर्माण गर्न र फाइभ जीको सुनौलो दशकको वायरलेस नेटवर्कको भ्यालु अधिकतम बढाउन उद्योगका ग्राहकहरूको नयाँ क्षमताहरूको पोषण गर्नुपर्दछ’, उनले भने ।