एजेन्सी – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति डोनाल्ड ट्रम्पले तिहारको शुभकामना दिएका छन् ।
डोनाल्ड ट्रम्पले घर, कार्यालय, समुदाय र पूजा गर्ने स्थानहरूमा दियोको चमक बढ्दै जाँदा त्यसको न्यानोपनले आफूहरुलाई आशामा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘जहाँसुकै अमेरिकीले दिपावली मनाउन बत्तीहरू जलाउँछन्, जहाँसुकै यो देश धार्मिक स्वतन्त्रताको प्रतीकको रूपमा चम्कन्छ ।’
त्यस्तै नवनिर्वाचित राष्ट्रपति बाइडेनले तिहारको शुभकामना दिँदै सबै मानिसको जीवन शुखमय होस् भन्ने काममना गरेका छन् ।
उनले ट्वीट गरेका छन्, ‘करोडौं हिन्दू, जैन, सिख र बौद्ध बौद्ध उत्सव मनाइरहेका छन् । तपाईको नयाँ वर्ष आशा र खुशीले भरिएको होस् । शुभ वर्ष ।’
साथै, नवनिर्वाचित उप राष्ट्रपति ह्यारिसले ट्वीट गरी तिहारको शुभकामना व्यक्त गरेकी छन् ।
उनले ट्वीट गरेकी छन्, ‘शुभ तिहार र शुभ साल । डगलस एम्फोफ र म चाहान्छु कि विश्वभर एक सुरक्षित, स्वस्थ र खुशीयाली नयाँ वर्ष मनाउनुहोला ।’




प्रतिक्रिया