चैनपुरमा विप्लव नेकपाद्वारा हवाइ फायर

चैनपुरमा विप्लव नेकपाद्वारा हवाइ फायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभा – नेत्रविक्रम चन्द विप्लव नेकपाका कार्यकर्ताले हवाइ फायर गरेका छन् ।सोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले  सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा हवाइ फायर गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीको नियमित गस्तीमाथि विप्लव नेकपाका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको थियो । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताए ।

त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए।

घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन् । घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर नेकपाका कार्यकर्ताको खोजी तीव्र पारिएको र अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।