देशभर चिसो बढ्यो,उच्च पहाडी भागमा हिमपातको संभावना

देशभर चिसो बढ्यो,उच्च पहाडी भागमा हिमपातको संभावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन पश्चिमी वायुको प्रभावले   देशका अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

आज देशभर कुनै पनि मौसम प्रणाली सक्रिय नभएको र हाल प्रदेश नं २ र प्रदेश नं १ का तराई भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

तराईँका जिल्लामा पनि हुस्सु र कुहिरो लागेपछि जाडो बढेको छ। कतिपय उच्च पहाडी भेगहरुमा हिमपात भइरहेको छ। मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। मंगलबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान मौसमविदले गरेका छन्।