१८ सय नाघ्यो नेप्से,बीमा र ब्यापारले उचाल्यो बजार

१८ सय नाघ्यो नेप्से,बीमा र ब्यापारले उचाल्यो बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । मंगलबार सेयर बजारले नयाँ रेकर्ड कायम राखेको छ । मंगलबार सेयर बजार २९.६८ अंकले बढेर १८१० अंकमाथि पुगेको हो ।

मंगलबार कारोबार रकम ५ अर्ब ४४ करोड पुगेको छ । जसअनुसार निर्जीवन बिमा समूह ३२७ अंकले बढेको छ भने जीवन बीमा समूह २४८ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन २२७ अंकले बढेको छ । होटल ३५ अंक हाराहारीले घटेको छ ।

नेप्सेका अनुसार मंगलबार २० वटा निर्जीवन बीमा कम्पनीको सेयर कारोबार भएकोमा सबैको मूल्य बढेको छ । यो समूहको एक अर्ब ५७ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ ।

कुल ५० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । होटलतर्फ कारोबार भएका दुईमध्ये ओरेन्टलको बढेको छ भने सोल्टीको घटेको छ । कुल ३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

ब्यापारतर्फका दुई वटैको मूल्य बढेको छ । यस समूहअन्तर्गत विशाल बजार र एसटीसीको कारोबार भएको थियो । कुल ४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लघुवित्ततर्फ ९ वटाको घटेको छ भने २९ वटाको बढेको छ । कुल ३४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।