राजसंस्थाको माग गर्दै पोखरा र जनकपुरमा मोटरसाइकल र्‍याली

राजसंस्थाको माग गर्दै पोखरा र जनकपुरमा मोटरसाइकल र्‍याली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजसंस्थाको माग गर्दै पोखरा र जनकपुरमा मोटरसाइकल र्‍याली निकालिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको पक्ष, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले र्यालीनिकालेको हो ।

बुधबार पोखरा र जनकपुरधामका विभिन्नबाट नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा मोटरसाइकल जुलुस निकालेको हो ।

पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरुले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान लागु गर्नुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या, हिंसा, बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका नाराहरु लगाएका छन् ।