वाई वाईसंगको संयोजनमा ग्लोकल टीन हिरो नेपाल अन्तर्गत ६ प्रतिस्पर्धीको नाम घोषणा

वाई वाईसंगको संयोजनमा ग्लोकल टीन हिरो नेपाल अन्तर्गत ६ प्रतिस्पर्धीको नाम घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वाई वाई ग्लोकल टिन हिरो २०२० का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर–किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

किशोर–किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो ।

हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० माअन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।

ग्लोकल प्राली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । यी किशोर–किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमाकाम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन ।

समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मानगर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छनः

– एकराज घिमिरे, १८, बातावरण विद्, पाल्पा
– मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्यअभिएन्ता , रामेछाप
– रीत काफ्ले, १८, शिक्षक, बिराटनगर
– सुभाशशर्मा, १७, कोडर, जनकपुर
– सुलव सुबेदी, नवप्रबर्दक, १८, इलाम
– वैभव नाहटा, १८, उद्द्यमी,बिराटनगर

नेपालबाट २०१५ मा सुरु भई, काठमाण्डुका किशोर किशोरीहरूलाई मात्रलक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्चउपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट एकजना सम्मनित भएका छन ।

वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझचिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।

अब अन्तिम ६ प्रतिस्पर्धीको एकसाता सम्मक्षमताविकास तालिमहुनेछ । एसएमएस भोटिंङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तरबार्ताको आधारमा यो बर्षको टिन हिरो छानिने छ ।

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ । यस बर्षको निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि), वरुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहनेछन् ।

यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिनलामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन । प्रतिस्पर्धीहरुको डिसेम्बर १२ मा निर्णायक प्यानलले व्यक्तिगत रुपमा अन्तर्वार्ता लिनेछन र एसएमएस मतदान राउन्ड खुलेको छ जसले २०२० को लागि फन्टास्टीक किशोर छनौट गर्न पनि योगदान पु¥याउनेछ ।

उम्मेदवारहरूलाई मतदानगर्न, तपाईंको मनपर्ने फाइन लिस्टको मतदान कोड ३३००१ माएसएमएस गर्न सक्नु हुनेछ । फाइन लिस्टहरूका लागि मतदान कोडहरू यसप्रकार रहेका छन:

– एकराज घिमिरे – GTH<space>EG टाइप गरी ३३००१ मा एसएमएस पठाउने
-मन्दिरा श्रेष्ठ GTH<space>MS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
-रीत काफ्ले GTH<space>RK टाइप गरी ३३००१ मा एसएमएस पठाउने
-सुभाश शर्मा GTH<space>SSH टाइप गरी ३३००१ मा एसएमएस पठाउने
– सुलव सुबेदी GTH<space>SS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
– वैभव नाहटा GTH<space>VN टाइप गरी ३३००१ मा एसएमएस पठाउने

डिसेम्बर १२ माग्लोकल टिन हिरोे नेपालअन्लाईन आयोजनागरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवमअन्यविविध क्षेत्रकाब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ ।