प्रचण्डलाई ‘हेग’ लाने चेतावनी दिँदै अ‍ोलीको प्रश्नः युद्ध अपराध गरेकोमा माफी माग्नुपर्दैन ?

प्रचण्डलाई ‘हेग’ लाने चेतावनी दिँदै अ‍ोलीको प्रश्नः युद्ध अपराध गरेकोमा माफी माग्नुपर्दैन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हेगमा लजाने चेतावनी दिएका छन् ।

अध्यक्ष प्रचण्डले गत कात्तिक २७ गते बसेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावको जवाफ दिँदै युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय अदालत हेग लैजाने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री अ‍ोलीले तयार पारेको प्रतिवेदनमा ‘युद्ध अपराध गरेकोमा माफी माग्नुपर्दैन ?’ भन्दै प्रश्न गरेका छन् । त्यस्तै उनले जनयुद्धकालमा १७ हजार मान्छे मारेको र बाँदरमुडे घटना जोडेर प्रचण्डलाई हेप लैजाने धम्कीपूर्ण जवाफ दिएका हुन् ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले प्रचण्डले भ्रष्टाचारको आरोप लगाएको भन्दै गम्भीर आरोप लागेको मानिस आत्मालोचना गरेर मात्रै उम्किन नसक्ने बताएका छन् ।

‘ तर तपाईँको विगत र हालको चाहना जनतासँग स्पष्टरुपमा पुग्यो भने के हुन्छ? यो यति गम्भीर विषय हो, जसलाई यतिकै छोड्न मिल्दैन । तपाईले पार्टीका नीति या विधानसम्बन्धी प्रश्नमा मात्रै मलाई लान्छित गर्नु भएको छैन । मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोपसमेत लगाउनु भएको छ,’ उनले भनेका छन् ।

त्यस्तै उनले आफूमाथि लागेका आरोप पुष्टि गर्दै कारबाही गर्न चुनौती दिएका छन् । ओलीले आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने दृष्टताको जवाफदेही बन्न तयार रहन पनि प्रचण्डलाई चुनौती दिएका छन् । उनले सात महिनामै सरकार ढाल्ने कोशिस गरेको हो कि होइन ? भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले प्रचण्डलाई स्थानीय चुनावमा भरतपुर महागरपालिकाको निर्वाचनमा रेणु दाहाललाई जिताउन मतपत्र च्यातेको आरोप लगाएका छन् ।

‘निर्वाचन सफलताको उन्मादमा कहिले गिरिजाप्रसाद कोइराला त कहिले माधवकुमार नेपाललाई किन च्यापेको ? उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनेट अघि मात्रै, संसदीय दलको कार्यालयमा तत्कालीन एमाले महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन नगर्ने किन भनेको? कसको इसारामा त्यो दाउपेच भयो?’, उनले भनेका छन् ।

उनले आलोपालो सरकार सञ्चालनको विषयमा समेत प्रचण्डलाई जवाफ दिएका छन् । प्रधानमन्त्री अ‍ोलीले ‘त्यो बेला लेनदेन भएको बताएका छन् ।

उनले भनेका छन्, ‘एउटै चुनावी घोषणापत्रसहित बाम गठबन्धनसहित चुनाव लडेका पार्टीका नेताको हैसियतमा तपाईँले अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्न खोज्न नैतिकताले दिन्थ्यो ? चुनावबाट तेस्रो पार्टीमा हैसियतमा पुगिसकेको पार्टीको अध्यक्षले मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याए भन्नु त्याग थियो कि तपाईँभित्र सुसुप्त रुपमा लुकेको सत्ता लिप्सा ?’