कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ । स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो सञ्चार माध्यमहरूमा आएको भन्दै मन्त्रालयले भत्ता उपलब्ध गराउने कार्य भइरहेको बताएको हो ।

शुक्रबार बसेको सचिवस्तरको बैठकले कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज विज्ञप्ति निकालेर जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको बताएका छन् ।