एजेन्सी – संसारको सबैभन्दा महंगो ब्याग सार्वजनिक भएको छ । इटलीको एउटा लग्जरी ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग हालै सार्वजनिक गरेको हो । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) हो ।
चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ । समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि ब्यागको निर्माण गरिएको कम्पनीले बताएको छ ।
बोरिनी मिलनेसीले इन्स्टाग्राममा जारी गरेको एक बयानमा समुद्रको रक्षा र जागरुकता बढाउनका लागि आफूहरुलाई आफ्नो ब्यागको अनावरणमाथि गर्व भएको बताएको छ ।
गोहीको छालाबाट बनेको उक्त ब्याग बेचेबापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि दान दिने पनि बताइएको छ । इन्स्टाग्राम पोस्टमा एक भिडियो मार्फत यो ब्यागको सुन्दरताबारे देखाइएको छ ।




प्रतिक्रिया