नेकपा सचिवालय बैठकः प्रचण्डलाई जवाफ दिँदै प्रधानमन्त्रीले ल्याए छुट्टै प्रस्ताव

नेकपा सचिवालय बैठकः प्रचण्डलाई जवाफ दिँदै प्रधानमन्त्रीले ल्याए छुट्टै प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे सुरु भएको सचिवालय बैठ करिब दुई घण्टा बसेर सकिएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते लगाएको आरोपको लिखित प्रतिवेदनमार्फत छुट्टै जवाफ पेश गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले दुबै अध्यक्षको प्रस्तावमा अर्को बैठकमा छलफल हुने जानकारी दिए । अर्को बैठक आगामी मंसिर १६ गतेका लागि तय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । सो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।