शनिबार थपिए १३ सय ८० संक्रमित, ५१५ डिस्चार्ज

शनिबार थपिए १३ सय ८० संक्रमित, ५१५ डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय १५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ११ हजार १ सय ८६ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १७ लाख १९ हजार ८ सय २८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ५४ जना पुगेका छन् ।