केपी ओली हत्या काण्डमा जेल परेका हुन्, लोकतन्त्रका लागि होइनः रामचन्द्र पौडेल

केपी ओली हत्या काण्डमा जेल परेका हुन्, लोकतन्त्रका लागि होइनः रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ व्यक्ति हत्या मुद्दा १४ वर्ष जेल बसेको बताएका छन् ।

बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै नेता पौडेलले प्रधानमन्त्री ओली झापा हत्याकाण्डमा १४ वर्ष जेल परेका खुलासा गरेका हुन् ।

‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर ? ज्यान मुद्दामा बसेको हो,’ उनले भने, ‘कहाँबाट लोकतन्त्रका लागि बसे ? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन । एउटा मुद्दामा झ्याप्प परिहाल्यो । जोशमा आएर झापा काण्ड घटिहाल्यो । यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ ।’

कार्यक्रममा नेता पौडेलले ०६२–६३ सालको जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाँगिएको पौडेलले बताए ।

त्यस्तै, उनले तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिने चेतावनी पनि दिए । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही अर्थमा साकार नगरेसम्म आन्दोलन नरोकिने उनले घोषणा गरे ।

उनले सांसदलाई रकम आवश्यक नभएको बताए । उनले केपी अ‍ोलीले षड्यन्त्र गरेर सांसद विकास कोष खडा गरेर स्थानीय तहको अपमान गरेको बताए ।