यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भए पनि अन्य क्षेत्रकाे माैसम सामान्यतया सफा रहने जनाएकाे छ ।

अहिले बिहान उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।यस्तै राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी स्थानमा आंशिक बदली रहनेछ।