अस्पतालबाट भागेका सम्झनाका हत्या आरोपी बोहोरा जंगलबाट पक्राउ

अस्पतालबाट भागेका सम्झनाका हत्या आरोपी बोहोरा जंगलबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – बिहीबार राति अस्पतालबाट भागेका बलात्कार तथा हत्या आरोपी राजेन्द्र बोहरा समातिएका छन् ।

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्याका अभियुक्त बोहरालाई डोटीकै पूर्वचौकी गाउँपालिका वडा नम्बर १, फुलोट भन्ने जंगलमा हिँडिरहेको अवस्थामा फेला पारिएको डोटीका एसपी जनक पाण्डेले जानकारी दिए ।

बझाङमा १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरि बोहोरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । तर, उनको उमेर कम भएका कारण बाल सुधार गृहमा राखिएको थियो ।

कोरोना भाइरस पोजेटिभ देखिएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएका बोहरा सुरक्षाघेरा तोडेर बिहीबार राति करिब १०ः३० बजे अस्पतालको झ्यालबाट भागेका थिए । उनलाई प्रहरीले आज करिब ९ बजेतिर फेला पारेको हो ।