नेकपाको विवाद मिलाउन राष्ट्रपति सक्रिय : दाहाल र ओलीलाई शितल निवास बोलाईयो

नेकपाको विवाद मिलाउन राष्ट्रपति सक्रिय : दाहाल र ओलीलाई शितल निवास बोलाईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेकपाको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएको भन्दै आलोचना भइरहेका बेला फेरी उनि सक्रिय भएकी छन् । बिहिवार नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटेकी राष्ट्रपतिले फेरी दुवै नेतालाई शुक्रबार सामूहिक छलफलका लागि शीतलनिवास बोलाएकी छन्।

नेकपाको विवादमा राष्ट्रपति भण्डारी सक्रिय भएको र प्रधानमन्त्री ओलीलाई सहयोग पुग्ने गरी काम गरेको भन्दै उनको नेताहरुले आलोचना गरिरहेका छन् । तर, भण्डारीले विवाद समाधानका लागी भुमिका खेलिरहेकी छन् ।

बिहिवारको भेटमा उनले दुवै नेतालाई मिलेर सहमती खोज्न आग्रह गरेकी थिईन । भण्डारीले राष्ट्रपतिको पदिय मर्यादालाई ख्याल नगरी सक्रियताको देखाएको भन्दै उनको नेकपाभित्र र बाहिर चर्को आलोचना भइरहेको छ ।

उनले नेताहरुसंगको भेटमा पार्टी नफुटाउन र मिलेर जान सुझाव दिने गरेकी छन् । शुक्रवारको भेटमा समेत दुवै नेतालाई राखेर सहमति खोज्ने प्रयासमा राष्ट्रपति भण्डारी लागेको निकट स्रोतको दावी छ ।