शुक्रबार १२ सय ७२ संक्रमित थपिए, १६ जनाको मृत्यु

शुक्रबार १२ सय ७२ संक्रमित थपिए, १६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ७५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख २१ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १७ लाख ७१ हजार ९ सय ५० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ जना पुगेका छन् ।