नम्रता श्रेष्ठले जितिन् मिस नेपाल वर्ल्ड २०२० को उपाधि

नम्रता श्रेष्ठले जितिन् मिस नेपाल वर्ल्ड २०२० को उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० को उपाधि जितेकी छिन्। शनिवार साँझ होटल पार्क भिलेजमा भएको मिस नेपालको ग्रान्ड फाइनलमा २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपालको ताज पहिरिएकी हुन् ।

यस्तै, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठ र सिमल कनौजियाले मिस नेपाल सुपरनेश्नल २०२० को उपाधि जितेका छिन्। यसैगरी, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन्।

कोरोना संक्रमणका कारण यसपटक पहिला जस्तै कार्यक्रम गरी मिस नेपाल आयोजना गरिएन। प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।