सिद्धार्थ बैंकद्धारा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

सिद्धार्थ बैंकद्धारा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १९ मा बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्ता पूंजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयां रहेको छ ।