सुर्खेत – कर्णालीमा प्रहरी संरचना बनाउन प्रदेश सरकारले १० करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
मंसिर १८ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रहरी प्रतिष्ठान निर्माण, प्रहरी तालिम केन्द्र निर्माण र अन्य प्रदेश प्रहरी संरचना निर्माणका लागि ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयलाई भवन निर्माण तथा पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माणको लागि ३ करोड ९३ लाख, प्रदेश प्रहरी संरचना निर्माणको लागि ५ करोड र प्रहरी तालिम केन्द्र निर्माणको लागि १ करोड रुपैयाँ खर्च गर्न दिइने निर्णय भएको छ ।




प्रतिक्रिया