काठमाण्डु – सरकारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको छ ।
मंगलबार काठमाण्डुमा विशेष कार्यक्रमको आयोजना गर्दै नेपाल र चीनले एकैसाथ सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । यसअघि ८८४८ मिटर रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेर ८८४८.८६ मिटर पुगेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो ।
विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।




प्रतिक्रिया