आज काठमाण्डुमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि

आज काठमाण्डुमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर १३ सय ८२ जना संक्रमित थपिँदा उपत्यकामा मात्र ५९४ जना थपिएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमित मध्ये २६३ महिला र ३३१ जना पुरुष रहेका छन् ।

आज १६ सय २१ जना संक्रमण मुक्त भएका छन् । आजसम्म २ लाख २९ हजार ५४ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा आजसम्म १९ लाख ९९ हजार ६ सय ८६ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६३७ पुगेको छ ।