काठमाण्डु – सर्वोच्च अदालतले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले सरकारले जग्गा कित्ताकाट फुकुवा गरेको निर्णयलाई बदर गर्ने निर्णय गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले २०७४ साउन २६ गते तत्कालिन सरकारले रोक लगाएको कित्ताकाट भदौ १८ गते खुला गर्ने निर्णय गराएकी थिइन् । मन्त्री अर्यालले गरेको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारी,सुजन नेपाल र नवराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले भू–उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि तोकिएको जग्गा हो, त्योबाहेक अर्को कामका लागि उक्त जग्गा प्रयोग गर्न नपाइने आदेश जारी गरेको छ ।




प्रतिक्रिया