काठमाण्डु – अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिएको भन्दै महान्यायाधीवक्ता अग्नी प्रसाद खरेलले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासँग असन्तुष्टी जनाएका छन् ।
गिरीलाई सफाई दिने गरी सोमबार अर्थात हिजो भएको निर्णयमाथि महान्यायाधीवक्ता खरेलले प्रधानन्यायाधीश जबरासँग असन्तुष्टी जनाएका हुन् । उनले सरकारी वकिललाई वेवास्ता गर्दै न्यायाधीशले फैसला गर्नु गलत भएको बताएका थिए । उनले अदालतले गरेको फैसला प्रक्रियामा त्रुटी भएको बताएका हुन् ।
खरेलले पीडितले न्याय नपाउने गरी भएको उक्त निर्णय सच्याउन प्रधानन्यायाधीश जबरालाई आग्रह गरेका हुन् । यसमा प्रधानन्यायाधीश जबराले सकारात्मक प्रतिक्रिया दिएको स्रोतले जानकारी दियो ।
त्यस्तै सर्वोच्चले गिरीलाई सफाई दिएपछि पीडित महिला महान्यायाधीवक्ता खरेललाई भेट्न कार्यालय पुगेकी थिइन् । उनले अदालतको फैसलाले आफूलाई अन्याय भएको भन्दै गुनासो पोखेकी थिइन् । जवाफमा महान्यायाधीवक्ता खरेलले आफूले सक्दो पहल गर्ने बताएका थिए ।
वकिलले कृष्णदासले अनुयायी महिलामाथि बलात्कार गरेको बताउँदै त्यसलाई पुष्टि हुने यथोचित प्रमाण भएकाले कानुन अनुसार १० वर्षसम्मको जेल सजाय माग गरेका थिए ।
कृष्णदास पक्षका ५ जना वकिलमध्ये २ जनाले आइतवार बहस गरेका थिए । उनीहरुले कृष्णदासलाई फसाउने षड्यन्त्र भएको भन्दै कृष्णदासको बचाऊ गरेका थिए ।
पीडित महिलाहरुकोतर्फबाट सरकारी वकिल गोकुलबहादुर निरौला, अन्नत न्यौपाने, अनिल रेग्मी, नवराज बिष्ट र रेणुका राईले बहस गरेका थिए । पीडकको तर्फबाट अधिवक्ता सरोज गिरीसहित दुईजनाले बहस गरेका थिए ।




प्रतिक्रिया