बुधबारको मौसम पूर्वानुमान :आंशिकदेखि सामान्य बदली

बुधबारको मौसम पूर्वानुमान :आंशिकदेखि सामान्य बदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले  जनाएकाे छ ।

अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू–भागहरु र प्रदेश२ मा आंशिक बदली रहेको छ । अरु क्षेत्रमा मौसम सामान्यतय सफा रहेको छ ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली हुनेछ । अरु स्थानमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।