काठमाण्डु –नेपाल इन्फ्रास्ट्रक्चर बैंक आईपीओ निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । बैंकले हालसम्मकै ठुलो ८ अर्ब रुपैयां बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो ।
बैंकको मंसिर ३ गते बसेको साधारणसभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।
बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन पनि हालसम्मकै ठूलो हुनेछ । यसअघि एचआईडीसिएलले सर्वसाधारणका लागी २ अर्ब रुपैया बराबरको करोड कित्ता शेयर जारी गरेको थियो ।
बैंकको अधिकृत पूंजी ४० अर्ब,जारी पूंजी २० अर्ब र चुक्ता पूंजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बांडफांट गरे पश्चात बैंकको चुक्ता पूंजी २० अर्ब रुपैया पुग्नेछ ।
पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य ) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयां खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा १२.३९५ ले नाफा घटेको हो । इन्फ्रास्ट्रक्चरको रिजर्भ कोषमा भने ८२.४४५ वृद्धि हुंदै १ अर्ब ८१ करोड ४७ लाख रुपैयां पुगेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयां रहेको छ ।




प्रतिक्रिया