काठमाण्डु – दक्षिण कोरियाको लागि पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ । सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य समेत रहेका लामाको कोरोना संक्रमणबाट बुधबार राति ११ बजे निधन भएको ।
प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या रहेका ६९ वर्षीय लामालाई दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए ।




प्रतिक्रिया