मृत्यु अघि नेकपा नेता लामाले भनेः मेरो काजक्रियामा श्रीमती र भाई सामेल नहुनु

मृत्यु अघि नेकपा नेता लामाले भनेः मेरो काजक्रियामा श्रीमती र भाई सामेल नहुनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या रहेका ६९ वर्षीय लामालाई दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

लामा ०४८ र ०६४ सालमा सांसद भएका थिए । दक्षिण कोरियाको लागि पूर्व राजदूतसमेत रहेका लामाको बुधबार राती निधन भएको हो । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए ।

मृत्यु अघि लामाले आफ्नी आमालाई सम्बोधन गरेका छन् । उनले आफूलाई ‘आमा’ शब्द संसारमा सबैभन्दा बढी मोहक लाग्ने बताएका छन् । त्यसपछि उनले आफ्नी श्रीमतीलाई सम्बोधन गरेका छन् । लामाले श्रीमतीलाई आफूलाई माया गरे पनि धोका पाएको गुनासो पोखेका छन् ।

‘प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेको छ । तिमि यसलाई सामान्य लोग्नें स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नु पर्छ भन्नछन् । छ्या कति कुरुप सिलावरको देक्ची कूचिैएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु’, उनले भनेका छन् ।

उनले श्रीमतीले कुरा नबुझ्दा र जानी जानी धोका दिंदा आफ्ना केही सपनाहरु अधुरा रहेको बताएका छन् ।

‘प्रीय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने, सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय’, उनले भावुक हुँदै भनेका छन्, ‘कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय । यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु । यो मेरो बिन्ती ।’