कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लामा हक्की र निडरः प्रचण्ड

कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लामा हक्की र निडरः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका केन्द्रिय सदस्य तथा कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामाको निधनप्रति दुख व्यक्त गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर, जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको बताएका छन् ।

उनले संविधानको पूर्ण कार्यन्वयन र जनताको अधिकार स्थापित गर्ने बौद्धिक नेतृत्वका धनि लामाको अभाव सधै आफुमा महशुस भइरहने बताएका छन् ।

लामा ०४८ र ०६४ सालमा सांसद भएका थिए । उनले नेता लामा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तमा गहिरो समवेदना प्रकट गरेका छन् । दक्षिण कोरियाको लागि पूर्व राजदूतसमेत रहेका लामाको बुधबार राती निधन भएको हो । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए ।

पूर्वराजदूत लामाको बुधबार राति ११ बजे कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो । उनको दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु रहेका छन् ।