नेता लामाको निधनप्रति प्रधानमन्त्री ओलीद्धारा दु:ख व्यक्त

नेता लामाको निधनप्रति प्रधानमन्त्री ओलीद्धारा दु:ख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वसांसद् कमानसिंह लामाको निधनप्रति दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य भई कमानसिंहले राजनीतिक र सांस्कृतिक परिवर्तनमा दिएको योगदानको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनापछि २०४८ मा प्रतिनिधिसभा सदस्यका रुपमा उनले जनपक्षीय भूमिका खेलेको र केही समयअघि दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर गरेको कामको स्मरण पनि गरेका छन् । प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।