प्रभु बैंक र मेगा क्यापिटलबीच निष्काशन तथा विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता

प्रभु बैंक र मेगा क्यापिटलबीच निष्काशन तथा विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रभु बैंक र मेगा क्यापिटल मार्केट्सबीच १,००० अंकितका दरले १० वर्षको भुक्तानी अवधिका लागि ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ निष्काशन तथा विक्री प्रवन्धक नियुक्ति सुम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ ।

२ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको ४ अर्ब बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौतामा पनि आजै हस्ताक्षर भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ ।