हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा सरकारलाई के फाइदा हुन्छ ? (समितिको प्रतिवेदनसहित)

हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा सरकारलाई के फाइदा हुन्छ ? (समितिको प्रतिवेदनसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारी अध्ययन समितिले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गर्न गठन गरेको समितिले बिहीबार सरकारलाई उक्त सिफारिस बुझाएको हो ।

समितिले हप्तामा दुई दिन बिदा दिँदा सरकारी खर्च कटौतीमा सहयोग पुग्ने बताएको छ । हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने उल्लेख गरेको छ ।

समितिले विश्लेषण गरिएका १२७ वटा देशमध्ये ११६ देशहरुमा हप्तामा ५ दिन कार्यालय सञ्चालन हुने र ११ देशमा हप्ताको ६ दिन कार्यालय सञ्चालन हुने जनाएको छ । हाल सार्क सदस्य राष्ट्रहरुमध्ये नेपाल बाहेक सबैमा हप्तामा २ दिन सार्वजनिक बिदा दिने प्रावधान रहेको छ ।

समितिमा मन्त्रालयका सहसचिव भट्टराई, गृह मन्त्रालयका उपसचिव वासुदेव अधिकारी, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीलगायत अर्थ मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी रहेका छन् ।